राजनीति


यस्ता छन् मन्त्रिपरिषद्का १५ निर्णय

यस्ता छन् मन्त्रिपरिषद्का १५ निर्णय

नेपालखबर
असार १६, २०८२ सोमबार १३:४८, काठमाडौँ

पछिल्लो मन्त्रिपरिषद् बैठकले विभिन्न १५ निर्णय गरेको छ। असार १३ गते बसेको बैठकले सार्वजनिक निर्णय अनुसार सरुवा, बढुवा, नियुक्ति र प्रत्येक वर्ष असोज १५ गते राष्ट्रिय चलचित्र दिवस मनाउने निर्णय गरेको छ।  

त्यस्तै विदेशी विनियम विधेयक तर्जुनाका लागि सिद्धान्त पनि मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ।  

नेपाल-भारतबीच हस्ताक्षर हुने आयुर्वेद र परम्परागत चिकित्सा प्रणालीको क्षेत्रमा सहकार्य विषयक समझदारीपत्रमा स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ। 

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू 
सार्वजनिक खरिद पुनरवलोकन समितिको अध्यक्षमा पूर्वसचिव रघुराम विष्ट र सदस्यमा पूर्वसहसचिवहरू रोहितकुमार विसुराल तथा  थानेश्वर गौतमलाई नियुक्त गर्ने। 

विदेशी विनिमय (नियमित तथा व्यवस्थित गर्ने) विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने।
सम्पत्ति व्यवस्थापन विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने। 
२०८२ असार ३० गतेदेखि साउन १ गतेसम्म भियतनामको हनोईमा सञ्चालन हुने हाइ लेभल इन्टररिजिनल नालेज एक्सचेन्ज अन वन कन्ट्री वन प्रायोरिटी प्रोडक्ट कार्यक्रममा माननीय कृषि तथा पशुपन्छी विकास मन्त्रीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने।
खानेपानी र सरसफाइ क्षेत्रको महत्त्वपूर्ण प्रगतिलाई दिगो प्रभावमा रूपान्तरण गर्न प्राइममिनिस्टेरियल कमिटमेन्टस् नेसनल ट्रान्सफर्मेसन इन, एन्ड थ्रुरु, वाटर, स्यानिटेसन एन्ड हाइजिन विषयक प्रतिबद्धतामा नेपालको तर्फबाट हस्ताक्षर गर्न स्वीकृति दिने।
बाँके जिल्ला डुडुवा गाउँपालिका बस्ने अकुव अहमदको परिवारलाई ५ लाख रुपियाँ क्षतिपूर्तिवापत आर्थिक सहायता उपलब्ध गराउने।
सहकारी संस्थाहरूको कर्जा असुलीसम्बन्धी मुद्दाको सुरु कारबाही र किनारा गर्न सर्वोच्च अदालतका उपसचिव कृतिबहादुर बस्नेत अध्यक्ष र वसन्तराज पुरी (धनकुटा) तथा गोविन्द शर्मा गैहे (तनहुँ) सदस्य रहेको कर्जा असुली न्यायाधिकरण गठन गर्ने।
कर्जा असुली न्यायाधिकरणको आव २०८१-८२ का लागि आवश्यक अधिकृतस्तरका तीन पदको अस्थायी दरबन्दी स्वीकृत गर्ने।
नेपाली सेनाका एकजना सहायक रथीलाई उपरथी दर्जामा बढुवा गर्ने।
फ्रान्सको पेरिसमा आयोजना हुने ४७ औं सेसन अफ द वर्ल्ड हेरिटेज कमिटीमा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई स्वीकृति प्रदान गर्ने। 
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको रिक्त कार्यकारी निर्देशक पदमा रामशरण पुडासैनी, काठमाडौंलाई नियुक्त गर्ने।
प्रत्येक वर्ष असोज १५ गतेका दिनलाई राष्ट्रिय चलचित्र दिवसको रूपमा मनाउने।
नेपाल र भारत सरकारबीच हस्ताक्षर हुने  कोअपरेसन इन द फिल्ड अफ हेल्थ एन्ड मेडिसिन विषयक समझदारीपत्र स्वीकृत गर्ने।
नेपाल र भारतबीच हस्ताक्षर हुने आयुर्वेद र परम्परागत चिकित्सा प्रणालीको क्षेत्रमा सहकार्य विषयक समझदारीपत्र स्वीकृत गर्ने।
राष्ट्रिय पर्यटन नीति, २०८२ स्वीकृत गर्ने।
खानेपानी मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवहरूको वैदेशिक भ्रमण स्वीकृत गर्ने।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad