संवैधानिक नियुक्ति विवादमा सर्वोच्च अदालतको संवैधानिक इजलासले सर्वसम्मत निर्णय सुनाउन सकेन।
बिहान १० बजेदेखि आधा रातसम्म छलफल र फैसला लेखनमा व्यस्त भएका न्यायाधीशहरूले १२ बजेपछि लिखित पाठमा हस्ताक्षर गरेका छन्।
रिट खारेज गर्ने पक्षमा बहुमत पुगेको छ।
इजलासमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी छन्।
रिट खारेज भएसँगै ५२ पदाधिकारीको पद जोगिएको छ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नहकुल सुवेदीले पहिलो चरणको नियुक्ति बदर गरी दोस्रो चरणको सदर गर्नुपर्ने राय प्रस्तुत गरेका थिए।
बाँकी न्यायाधीशहरु सपना प्रधान मल्ल, मनोजकुमार शर्मा र कुमार चुडालले दुवै चरणका नियुक्ति सदर हुनुपर्ने राय दिएकाले यही रायले फैसलाको मान्यता पाएको छ।
हेर्नुहोस् लिखित आदेश:
Shares

प्रतिक्रिया