नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा केहीबेर अघिबाट बैठक सुरु भएको हो।
बिहीबार छोटो समय बसेर स्थगित भएको बैठक आज पुनः बसेको एकीकृत समाजवादीले जनाएको छ।
आजको बैठकमा पार्टी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अनुशासन आयोगले सोधेको स्पष्टीकरणबारे दिएको जवाफमाथि पनि छलफल हुने एक नेताले जानकारी दिए।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध पतञ्जलि योगपीठको जग्गा घोटाला अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको सन्दर्भमा झाँक्रीले नेपालविरुद्ध अभिव्यक्ति दिएकी थिइन्।
यही असार १४ गते लुम्बिनीमा आयोजित पार्टीकै प्रदेशस्तरीय कार्यक्रममा उनले पार्टीमा ‘ठूलो संकट आएको र अब अध्यक्ष फेर्नुपर्ने’ अभिव्यक्ति दिएकी थिइन्। त्यति मात्र होइन,उनले ‘मरेको सिनु बोकेर हिँड्न नसकिने’समेत भनेकी थिइन्।
Shares

प्रतिक्रिया