नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री फेरिरहने प्रवृत्तिलाई हटाएर स्थायी सरकार गठनमा ध्यान दिनुपर्ने बताएका छन्।
केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै शर्माले प्रधानमन्त्री कसरी ५ वर्ष टिकाउने भन्ने विषयमा प्रस्तावसहित सुझाव पेस गरेका हुन्, जसमा उनले बहुमत प्राप्त नभए पनि ५ वर्ष नै पहिलो दलको प्रधानमन्त्री हुनुपर्ने भनेका छन्।
‘बितेको ७५ वर्षमा कोही पनि प्रधानमन्त्री लगातार ५ वर्ष टिक्न सकेनन्। संविधान संशोधन गर्दा स्थिर प्रधानमन्त्रीका लागि केही नवीन दृष्टि बनाउन जरुरी छ। त्यसका लागि मेरो ५ स्टेपको प्रस्ताव छ’ उनले भने।
यस्ता छन् उनका ५ प्रस्ताव
१) आमनिर्वाचनमा प्रत्यक्षतर्फको सिट र लोकप्रिय मतको आधारमा बन्ने पहिलो दलले सरकारको नेतृत्व गर्ने र सरकार गठन गर्ने। (अर्थात् दोस्रो/तेस्रो या अन्य दल पूरै अवधि सरकारबाहिर विपक्षमा बस्ने)
२) पहिलो दललाई सामान्य बहुमत नपुगेको स्थितिमा जित्नेले सबै लैजाने सिद्धान्त बमोजिम निर्वाचन अघिनै आयोगमा बुझाइएको विज्ञहरुको नामबाट अपुग सिट पहिलो दलले प्राप्त गर्ने।
३) पहिलो दलले संसदीय दलबाट चयन गरेको सांसद संसदीय दलको नेता हुँदै नेपालको प्रधानमन्त्री बन्नेर।प्रधानमन्त्रीले मन्त्रिपरिषद्मा निश्चित संख्यामा विज्ञहरू सोझै सरिक गराउन सक्ने।
४) त्यसरी बनेको प्रधानमन्त्रीले शपथ ग्रहण गरेको मितिले १० दिनभित्र संसद्मा विश्वासको मत लिने। दुई बर्ष पुगेपछि त्यसको १ महिनाभित्र पुन: विश्वासको मत लिने। पछिल्लो पटक विश्वासको मत लिँदा दुई बर्षे कामको निश्चित आर्थिक, सामाजिक सूचकहरूका आधारमा मात्रै विश्वासको मत पाउने/नपाउने टुंगो लाग्ने। विश्वासको मत पुन: प्राप्त गरेको अवस्थामा प्रधानमन्त्रीले बाँकी अवधि देशको नेतृत्व गर्ने।
५) प्रधानमन्त्री पदमा कुनै पनि व्यक्ति दुईपटक मात्रै बन्न सक्ने।
Shares

प्रतिक्रिया