राजनीति


महासंघ भन्छः इटहरी उपमहानगरपालिका प्रमुख पौडेलको अभिव्यक्ति ‘कुत्सित मनसाय’बाट

महासंघ भन्छः इटहरी उपमहानगरपालिका प्रमुख पौडेलको अभिव्यक्ति ‘कुत्सित मनसाय’बाट

नेपालखबर
असार २३, २०८२ सोमबार २०:१७, काठमाडौँ

नेपाल पत्रकार महासंघले इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।

‘स्थानीय पत्रकारितालाई बदनाम गर्ने कुत्सित मनसायले सामाजिक सञ्जालबाट व्यक्त धारणाप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको’ महासंघको भनाई छ।

यही असार २० गते शुक्रबार बिहान नगर प्रमुखले ‘समाचार प्रकाशित हुने विषय सचिवालयमा अघिल्लो दिन नै जानकारी हुने र दानापानी नझरेपछि लाज छोप्न प्रकाशनरप्रसारण हुने’ भनी इटहरीको पत्रकारिता क्षेत्रलाई बदनाम र अपमानित हुनेगरी लेखेको महासंघ सुनसरी शाखाले जनाएको छ।

‘समाचार या पत्रकारको व्यवहारप्रति गुनासो भए त्यसउपर विधि र पद्धतिअनुसार अघि बढ्नसकिने प्रचलित अभ्यास छ’ महासंघले सोमबार विज्ञप्ति जारी गरी भनेको छ, ‘त्यसलाई बेवास्ता गर्दै सार्वजनिक पदमा आसिन व्यक्तिले पदीय मर्यादाविपरीत अपनाइएको यो शैली प्रेसलाई कुण्ठित गर्ने र बदनाम गराउने मनसाय प्रेरित रहेको स्पष्ट छ।’

प्रेसविरोधी यो हर्कतप्रति खेद व्यक्त गर्दै महासंघले कडा आपत्ति प्रकट गरेको छ। 
महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा कुनै पनि वहानामा पत्रकारलाई हतोत्साहित र बदनाम बनाउने यस्ता गतिविधि नदोहोर्‍याउन तथा संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रताको सधैँ सम्मान गर्न पनि आग्रह गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad