राजनीति


शिक्षा विधेयकलाई शिक्षकको विधेयक नबनाइयोस् : सांसद शर्मा

शिक्षा विधेयकलाई शिक्षकको विधेयक नबनाइयोस् : सांसद शर्मा

नेपालखबर
असार २४, २०८२ मंगलबार १४:०, काठमाडौँ

राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद युवराज शर्माले शिक्षा विधेयकलाई शिक्षक विधेयक नबनाउन सरकारसँग आग्रह गरेका छन्। राष्ट्रियसभाको मंगलबारको बैठकमा बोल्दै उनले विद्यालय शिक्षा विधेयकलाई शिक्षक विधेयक नबनाउन आग्रह गरे।

‘शिक्षकसँग थप सल्लाह गर्नु छ भनि सरकारद्वारा विद्यालय शिक्षा विधेयकलाई रोक्नु वा फिर्ता लिनु कदापि उचित होइन,’ शर्माले भने, ‘विद्यालय शिक्षा विधेयक शिक्षकको लागि मात्र हो भने शिक्षकका संघ र संगठनलाई नै लेख्न दिए त भइहाल्थ्यो। सल्लाह नै गर्नु थियो भने शिक्षकमात्रै किन? विद्यार्थी, अभिभावक, संघसंगठन, अभिभभावक, स्थानीय पालिकासँग व्यापक छलफल गर्न उचित हुन्थ्यो।’

उनले थपे, ‘निजामति सेवा विधेयक जस्तै विद्यालय शिक्षा विधेयकमा पनि वितण्डा नमच्चियोस्। यो शिक्षा विधेयक हो, शिक्षक विधेयक मात्रै होइन भनेर सबैले बुझ्दा हुन्छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad