राजनीति


मन्त्रीको ‘घुस डिल’बारे माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ

मन्त्रीको ‘घुस डिल’बारे माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ

नेपालखबर
असार २९, २०८२ आइतबार १३:४५, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले कर्मचारी सरुवा रोक्न र नियुक्ति दिलाउन गरेको ‘घुस डिल’बारे प्रधानमन्त्रीको जवाफ मागेको छ। 

माओवादी केन्द्रकी सांसद दुर्गा राईले आइतबार प्रतिनिधिसभामा बोल्दै मन्त्रीले घुसको लिड गरेको अडियो सार्वजनिक भएकोबारे सञ्चारमाध्यममा समाचार आइरहेको बताइन्।

‘घुस डिलको विषयमा सार्वजनिक समाचार प्रशारण भइरहँदा चुप लागेर बस्ने हो?,’ उनले भनिन्, ‘मन्त्रीजीको घुस डिल बाहिरिएपछि सरकारले एक्सन लिनुपर्छ कि पर्दैन्? यस्तो प्रकारका मन्त्रीहरूले नैतिकता देखाउने विषय त टाढाको बन्दै छ।’

प्रधानमन्त्रीले घुस आफूले पनि लिन्नँ र अरुलाई पनि लिन दिन्नँ भनेर नपुग्ने भन्दै सांसद राईले प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारे संसद्लाई जवाफ दिनुपर्ने भन्दै रुलिङको माग गरिन्।

‘प्रधानमन्त्रीले म घुस पनि लिन्नँ, अरुलाई पनि लिन दिन्नँ भन्ने। अनि लिन्न र दिन्न मात्रै भन्ने टुक्काले पुग्छ कि पुग्दैन?,’ उनको भनाइ छ, ‘सम्मानीय प्रधानमन्त्रीले यो विषयमा के हो भन्ने संसद्‍मा प्रष्ट राख्नका लागि सभामुखबाट रुलिङको माग गर्दछु।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad