पूर्वगृहमन्त्री भीम रावलले वर्तमान गृहमन्त्री रमेश लेखकलाई तेस्रो देशका नागरिक भारतलाई बुझाउनुपर्ने र नेपालका अदालतमा भारतीय कानुन व्यवसायीले बहस गर्न पाउने प्रावधान हट्यो कि हटेन भनेर सोधेका छन्।
हाल मातृभूमि जागरण अभियानका संयोजक रावलले आइतबार बिहान सामाजिक सञ्जालमार्फत गृहमन्त्री लेखकलाई उक्त प्रश्न गरेका हुन्।
रावलले लेखेका छन्, ‘सरकारले हाल भारतसँग सुपुर्दगी र कानुनी सहायता सम्झौतामा नेपालले लामो समयदेखि अस्वीकार गर्दै आएको तेस्रो देशको नागरिक भारतलाई बुझाउनुपर्ने र नेपालका अदालतमा भारतीय कानुन व्यवसायीले बहस गर्न पाउने प्रावधान रह्यो कि हट्यो? गृहमन्त्रीले संसद्मा स्पष्ट गर्नुपर्छ। सांसदले थाहा पाउनुपर्छ।’
2.4k
Shares

प्रतिक्रिया