नेकपा माओवादी केन्द्रभित्र अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को आलोचना गर्दै आएका उपमहासचिव जनार्दन शर्माले आत्मालोचना नगरेको भन्दै अर्का उपमहासचिव शक्ति बस्नेतले आपत्ति जनाएका छन्।
जारी स्थायी समिति बैठकमा बोल्ने क्रममा बस्नेतले शर्माको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन्।
बैठकमा जनार्दनलाई प्रश्न गर्दै बस्नेतले भने, 'भनेको नमान्ने? आत्मआलोचना पनि नगर्ने, नेतृत्वको विरुद्ध बोल्ने। उहाँको स्रोत के हो? को बाट परिचालिन हुनुहुन्छ?'
जनार्दनले पार्टीभित्र विधि र प्रकृयाको कुरा उठाउँदै रूपान्तरण गर्नुपर्ने बताइरहेका छन्।
7.6k
Shares

प्रतिक्रिया