राष्ट्रपति रामचन्द्र पौडेलले मधेस प्रदेशका प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई कोशी प्रदेश प्रमुखको कार्यभार तोकेका छन्।
कोसी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्ग यही २०८२ साउन १८ देखि मलेसियामा आयोजना हुने नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको चौथो अधिवेशनमा प्रमुख अतिथिको रूपमा सहभागी हुन मलेसिया जाने भएको हुँदा उनको अनुपस्थितिमा कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुखलाई तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
मन्त्रिपरिषद्को सिफारिस बमोजिम राष्ट्रपति पौडेलले भण्डारीलाई आइतबार कोसी प्रदेश प्रमुखको जिम्मेवारी दिएका हुन्।

318
Shares

प्रतिक्रिया