समाज


तनहुँमा बस दुर्घटना हुँदा ५ जना घाइते

तनहुँमा बस दुर्घटना हुँदा ५ जना घाइते

नेपालखबर
साउन १८, २०८२ आइतबार १७:१९, काठमाडौँ

गोरखाबाट चितवनतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। ग २ ख १०७७ नंबरको बस आइतबार अपरान्ह चारबजेतिर ऐनापहराबाट करिब १५ मिटर तल खस्दा बसमा सवार पाँच जना घाइते भएका वडाअध्यक्ष दिनेश केशीले जानकारी दिए।

केशीका अनुसार सहिदलखन गाउँपालिका ६ की ४० बर्षीया सुनु थापा, सहिद लखन ६ रानीस्वाँराकी ४३ बर्षीया सीता थापा, सोही ठाउँकी २८ बर्षकी मीना थापा मगर, गोरखा नगरपालिका ९ का ५४ बर्षीय सनबहादुर गुरुङ र आँबुखैरेनी गाउँपालिका १ गिरानचौरका ८ बर्षका खुशी राम रामदाम घाइते भएका छन्।

घाइतेमध्य गम्भीर अवस्थामा रहेकी सुनु थापालाई भरतपुर रिफर गरिएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad