नेकपा माओवादी केन्द्रको जारी स्थायी समिति बैठकआजलाई सकिएको छ। बैठक भोलि बिहान ११ बजे फेरि बस्नेछ।
शुक्रबारदेखि जारी बैठकमा अहिलेसम्म अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिव बाहेकका नेताहरुले धारणा राखिसकेका छन्।
उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाका अनुसार आजको बैठकमा जनार्दन शर्मा, अग्नि सापकोटा, हितमान शाक्य, हितराज पाण्डे, उर्मिला अर्याल, शक्ति बस्नेत, पम्फा भुसाल, कृष्णबहादुर महरा, डिलाराम आचार्य, नन्दबहादुर पुन लगायतले बोलेका थिए।
भोलिको बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङले धारणा राखेपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिनेछन्। त्यसपछि बैठक समापन गरिनेछ।
48
Shares

प्रतिक्रिया