प्रधानमन्त्री केपी शर्मा ओली र किर्गिज गणतन्त्रको मन्त्रिपरिषद्का अध्यक्ष आदिलबेक कासिमालिभबीच आज द्विपक्षीय भेटवार्ता भएको छ।
तुर्कमेनिस्तानमा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा भएको उनीहरूबीच भेटवार्ता भएको हो।
भेटवार्तामा दुई मुलुकबीचको आपसी सम्बन्ध र हितका विविध विषयमा कुराकानी भएको छ भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी थिए।
54
Shares

प्रतिक्रिया