राजनीति


अध्यक्षविरुद्ध बोलेकामा रामकुमारी झाँक्रीले ‘आत्मालोचना’ गर्नुभयो: विरोध खतिवडा

अध्यक्षविरुद्ध बोलेकामा रामकुमारी झाँक्रीले ‘आत्मालोचना’ गर्नुभयो: विरोध खतिवडा

फाइल तस्बिर : एकीकृत समाजवादीका स्थायी कमिटी सदस्यद्वय विरोध खतिवडा र रामकुमारी झाँक्री


नेपालखबर
साउन २२, २०८२ बिहिबार १०:८, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य विरोध खतिवडाले अर्का स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष माधव नेपालविरुद्ध दिएको अभिव्यक्तिका सम्बन्धमा आत्मालोचना गरिसकेको दाबी गरेका छन्।

पत्रकार प्रकाश गिरीसँगको अन्तर्वार्तामा पूर्वमन्त्रीसमेत रहेका खतिवडाले झाँक्रीले आफूले अध्यक्षविरुद्ध कडा बोलेको भए पनि आशय त्यस्तो नभएको भनी आत्मालोचना गरेको दाबी गरेका हुन्।  

खतिवडाले अन्तर्वार्तामा भनेका छन्, ‘कडा बोल्या भए पनि मेरो आशय त्यस्तो होइन, म त्यस विषयमा आत्मालोचित छु भनिसकेपछि हाम्रो पार्टीमा त आत्मालोचना भनेको त निकै ठूलो कुरो हो नि!’

कम्युनिस्ट पार्टीमा आत्मालोचना भनेपछि त सक्किगो?
खतिवडा: सातखुन माफ हुन्छ। 

सातखुन माफ? उहाँले आत्मालोचना गरिसक्नुभयो? 
खतिवडा: भइसक्यो।

पूरा हिसातकिताब मिलिसक्यो? 
मिल्यो भन्नाले सचिवालय बैठक बाँकी छ, औपचारिक त्यहीँबाट सोध्या भएर औपचारिक निर्णय त्यहीँबाट गर्छ। 

भनेको रामकुमारी ब्याक भइसक्नुभयो? 
त्यसलाई ब्याक नभनौँ न। उहाँले मेरो बोलाइमा असन्तुलन भएको भनेर रिअलाइज गर्नुभयो। 

पूर्वप्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष नेपालविरुद्ध पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा लागेपछि एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य झाँक्रीले केही समयअघि ‘अब मरेको सिनु बोकेर हिँड्न नसकिने’ अभिव्यक्ति दिएकी थिइन्। 

यस विषयमा पार्टीको अनुशासन आयोगले म्याद थपी थपी स्पष्टीकरण मागे पनि उनले नदिने अडान लिइरहेकी थिइन्।

त्यति मात्र होइन, झाँक्रीले आफू कहिले पनि आफूले बोलिसकेका कुरामा माफी नमाग्ने स्वभावको मानिस भएको समेत सार्वजनिक रूपमै बताएकी थिइन्। 

यसैबीच खतिवडाले भने उनले आत्मालोचना गरिसकेको दाबी गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad