राजनीति


सर्वोच्च अदालतका प्रवक्ता कुइँकेल उच्च अदालतको न्यायाधीश सिफारिस

सर्वोच्च अदालतका प्रवक्ता कुइँकेल उच्च अदालतको न्यायाधीश सिफारिस

नेपालखबर
साउन २२, २०८२ बिहिबार १७:४६, काठमाडौँ

सर्वोच्च अदालतका प्रवक्ता समेत रहेका सहरजिस्ट्रार अच्युत कुइँकेल उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन्। 

बिहीबार बसेको न्याय परिषद्को बैठकले उच्च अदालतका २७ जना न्यायाधीश नियुक्तीका लागि कुइँकेलसहितलाई सिफारिस गरेको हो। 

कुइँकेललाई उच्च अदालत पाटनमा पदस्थापन गर्न सिफारिस गरिएको छ। यस्तै न्याय परिषद्का सचिव यमबहादुर बुढा मगर उच्च अदालत सुर्खेतको जुम्ला इजलासमा सिफारिस भएका छन्। 

उच्च अदालत पोखराका रजिस्ट्रार खड्गराज अधिकारी पनि उच्चको न्यायाधीशका लागि सिफारिस भएका छन्। उनलाई उच्च अदालत दिपायलको न्यायाधीशमा पदस्थापन गर्न सिफारिस गरिएको छ।  
 

उच्च सरकारी वकिल कार्यालयका सह न्यायाधिवक्ता शंकर खत्री र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव कोमलबहादुर खत्री पनि उच्चको न्यायाधीशका लागि सिफारिस भएका छन्। 

६ जना कानुन व्यवसायीबाट र बाँकी जिल्ला अदालतका न्यायाधीशलाई उच्च अदालतको न्यायाधीश नियुक्त गर्न नाम सिफारिस गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad