राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देही-३ को उपचुनावमा पार्टीको तर्फबाट उम्मेदवार हुन निवेदन दिएका आवेदकहरुसँग छलफल गर्ने भएको छ।
रास्वपा प्रवक्ता मनिष झाका अनुसार दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालय ९ जनै आवेदकहरुसँग छफल गर्न लागेको हो।
छलफलको सहजीकरण सहमहामन्त्री तथा लुम्बिनी प्रदेश इन्चार्ज बिपिन कुमार आचार्यले गर्ने छन् भने छलफलको प्रवेक्षण केन्द्रीय कोषाध्यक्ष लिमा अधिकारी र लुम्बिनी प्रदेश सभापति देवराज पाठक गर्ने बताइएको छ।
आजै दिउँसो ४ बजे उम्मेदवारहरूसहितको पत्रकार भेटघाट कार्यक्रम पनि हुनेछ।
रास्वपाको उम्मेदवार बन्न सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, लेखजंग थापा, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम कुमारी अग्रवाल र मधुप्रसाद अर्यालले आवेदन दिएका छन्।
Shares

प्रतिक्रिया