राजनीति


मदन भण्डारी फाउन्डेसनप्रति ओलीको आक्रोश- ठगीखाने भाँडो बनेको छ

मदन भण्डारी फाउन्डेसनप्रति ओलीको आक्रोश- ठगीखाने भाँडो बनेको छ

नेपालखबर
साउन २६, २०८२ सोमबार १५:५७, काठमाडौँ

प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसन ठगीखाने भाँडो बनेको आरोप लगाएका छन्।

सोमबार च्यासलमा मदन-आश्रित प्रतिष्ठानका पदाधिकारीलाई शपथ खुवाउँदै यसबारे प्रश्न उठाएका हुन्। 

‘त्यो त्यतिकै व्यक्तिगत बनाएको छ, व्यक्तिको हो कि परिवारको हो जस्तो,’ ओलीले भने, ‘श्रीमान, श्रीमतिको हो कि आन्दोलनको निम्ति काम गर्छ कि? के हो त्यो ठगीखाने भाँडो बनेको छ। त्यो पार्टीका नाममा बनाइएको संस्था हो।’

हाल मदन भण्डारी फाउन्डेसनको अध्यक्ष पूर्वराष्ट्रपति विद्या भण्डारीकी छोरी उषाकिरण भण्डारी छिन्।

उनले संस्थाहरू सबै पार्टीप्रति निष्ठावान हुनुपर्ने भन्दै संस्थालाई व्यक्तिगत जस्तो बनाउनु उचित नभएको समेत उल्लेख गरे।

‘यस्तो खालको हुनुहुँदैन, सबै संस्थाहरू पार्टीप्रति, आन्दोलनप्रति निष्ठावान हुनुपर्दछ,’ ओलीको भनाइ छ, ‘आफ्नो व्यक्तिगत संस्थाका रुपमा प्रयोग गर्ने अनि त्यसलाई आन्दोलनको अहित हुनेगरी प्रयोग गर्ने कुराहरु उचित होइनन्।’ 

‘आन्दोलनको विपरित हुनेगरी प्रयोग गर्ने कुरा उचित होइन,’ उनले थपे।

उनले फाउन्डेसनका पदाधिकारीको अभिव्यक्तिप्रति असन्तुष्टि समेत जनाए। ‘त्यो आगामी दिनमा के हुन्छ, त्यो हुनपर्ने अवस्था चाहिँ बनेको छ,’ ओलीले भने, ‘कसरी जान्छ त्यो भन्ने कुरा हेर्नुपर्ने अवस्था बनेको छ।’

त्यसका पदाधिकारीका अधिव्यक्ति, चक्रपथ भन्ने अनलाइनको प्रस्तुति आदि हेर्दा कसरी जाने हो भन्ने त्यो अन्योल छ,’ उनले थपे। 

मदन भण्डारी सामन्तवाद विरोधी, राष्ट्रिय स्वतन्त्रताको पक्षधर

ओलीले मदन भण्डारी समान्तवाद विरोधी र राष्ट्रिय स्वतन्त्रता पक्षधर नेता भएको बताए। 

‘मदन भण्डारीलाई सम्झिदाखेरी राजनीति निरपेक्ष भएर सम्झिन सकिँदैन, तटस्थ ढंगले सम्झिन सकिँदैन,’ ओलीको भनाइ छ, ‘उहाँ सामन्तवाद विरोधी। उहाँ राष्ट्रिय स्वतन्त्रताका पक्षमा, मानवीयताको पक्षमा, उहाँ लोकतन्त्रको पक्षमा नै हो।’

त्यस्तै अर्का नेता जिवराजत आश्रित पनि निरंकुशताविरुद्ध विद्रोह गर्ने नेता भएको उनले टिप्णी गरे। ‘जिवराज आश्रितलाई सम्झिदा एउटा मान्छे हो, राम्रो मान्छे हो भनेर हुँदैन। उहाँ असल मान्छे मात्रै होइन,’ ओलीले भने,‘उहाँ समाजमा राम्रो गर्नका लागि आफूलाई सूर्यवंशी भन्नेहरुका विरुद्ध विद्रोह नै गर्नुभएको हो। उहाँलाई हामीले सम्झिदा न्यायका लागि संघर्ष गर्ने मान्छे। र, उहाँहरु जुझारु मान्छे हो। संघर्षशील मान्छे हो।’

मदन-आश्रितहरू योद्धा रहेको समेत बताए। ‘असमानता, भेदभाव र अत्याचारविरुद्ध लड्ने योद्धा हो उहाँहरू, नायक हो,’ ओलीको भनाइ छ, ‘कतिबेलासम्म भन्दा अत्याचार, अन्याय, थिचोमिचो रहँदासम्म।’ 

उनले थपे, ‘त्यसपछि पनि जुझारु, क्रान्तिकारी भइरहने आवश्यता हुँदैन। त्यसबेलाको क्रान्तिकारीता बेग्लै हुन्छ। शान्तिपूर्ण खालको, भलादमी खालको क्रान्तिकारी।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad