नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगीका अभियुक्त तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट गरेका छन्।
केहीबेरअघि लामिछानेलाई भेट्न प्रचण्ड ललितपुरस्थित नक्खु कारागार पुगेका थिए।
लामिछानेलाई भेटेर निस्किएपछि उनले लामिछाने दुब्लाएको बताए। उनले आफू अभिभावकको हिसाबले उनलाई भेट्न पुगेको पनि बताए।
‘भरखरै रवि लामिछानेसँग भेट गरेँ, मेरो क्याबिनेटमा गृहमन्त्री पनि हो उहाँ,’ प्रचण्डले भने, ‘अभिभावकको हिसाबले उहाँको अवस्था बुझ्नु स्वाभाविक नै हो। भैरहवा हुँदा नै जान खोजेको, मिलेन। उहाँको भैरहवाको बसाइँको स्थिति जटिल नै रहेछ। दुब्लाउनुभएछ। यहाँ बसाइँ राम्रो भएको, खानपिन पनि राम्रो भएको भन्नुभयो। भैरहवाको तुलनामा धेरै राम्रो छ भनेर यहाँको व्यवस्थापनको प्रशंसा गर्नुभयो।’
Shares

प्रतिक्रिया