राजनीति


मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

फाइल तस्बिर


नेपालखबर
भदौ १३, २०८२ शुक्रबार ९:५५, काठमाडौँ

आज मन्त्रिपरिषद्‌को बैठक बस्ने भएको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार अहिले बिहान १० बजे मन्त्रिपरिषद् बैठक बस्ने तालिका छ।

प्रधानमन्त्रीले चीन भ्रमण गर्न लागेका बेला मन्त्रिपरिषद् बैठक बस्न लागेको हो। उनी भोलि चीन प्रस्थान गर्ने कार्यक्रम छ। सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन चीन जान लागेका हुन्।

यसबीच नेपाललाई नसोधी चीन र भारतले नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्गका रूपमा प्रयोग गर्ने सहमति पनि गरेका छन्। जसप्रति नेपालले आपत्ति जनाइसकेको छ भने भारत र चीन भ्रमणका बेला यो कुरा जोडदारसँग उठाउन प्रधानमन्त्रीलाई दबाब छ। 

यस्तै केही दिनमै नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पद पनि खाली हुने भएकाले मन्त्रिपरिषद् बैठकमा यस विषयमा पनि छलफल हुने सम्भावना छ। 

हालका आईजीपी दीपक थापा यही भदौ १८ गते अनिवार्य अवकाशमा जाँदै छन्। अब नयाँ आईजीपीका दाबेदारमा अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रकुबेर खापुङ अगाडि छन्।  

यसैबीच प्रधानमन्त्री ओलीले आजै दिउँसो १ बजे प्रधानमन्त्री प्रतिनिधि सभा बैठकमा पनि सम्बोधन गर्ने कार्यक्रम छ।

यसैगरी प्रधानमन्त्री ओली आज दिउँसो ३.१५ बजे राष्ट्रिय खेलकुद परिषद्को ३२औँ वार्षिकोत्सवमा सहभागी हुने कार्यक्रम पनि रहेको उनको सचिवालयले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad