नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जनस्वास्थ्यसँग जोडिएका विषयमा गम्भीर ध्यान पुर्याउन आग्रह गरेका छन्।
शुक्रबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले बजारमा राखिएका खाद्यवस्तुमा प्रयोग गरिएको रासायनिक र विषादीले स्वास्थ्यमा असर पुर्याएको बताए।
'बजारमा बिक्रीमा राखिएका फलफूल, तरकारी, माछामासु, दूधजन्य पदार्थमा प्रयोग भइरहेको अत्यधिक मात्राका रासायनिक पदार्थ, विषादीले स्वास्थ्यसँग सम्बन्धित चुनौती सिर्जना गरेको छ,' उनले भने।
विषादीयुक्त खानेकुराले नसर्ने प्रकृतिका मुटु, नसा, प्रजननसम्बन्धी समस्या निम्तिरहेको भन्दै त्यस्ता कुरालाई नियन्त्रण गर्न ध्यानाकर्षण गराए।
'स्वास्थ्यसँग जोडिएका विषयमा राज्यको प्रभावकारी नियमन होस्। नियन्त्रणमा ल्याइयोस्। कारबाही गर्ने कुरामा पनि त्यस तहमा ल्याइयोस्। गम्भीरतापूर्वक ध्यान पुगोस्,' उनले भने।
Shares

प्रतिक्रिया