राजनीति


सीसँगको भेटपछि ओलीले भने- लगातार दोस्रो वर्ष भेट्न पाएकोमा खुसी छु

सीसँगको भेटपछि ओलीले भने- लगातार दोस्रो वर्ष भेट्न पाएकोमा खुसी छु

नेपालखबर
भदौ १४, २०८२ शनिबार १६:५१, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटबारे खुसी व्यक्त गरेका छन्। उनीहरुबीच चीनको तियानजिन अतिथि गृहमा द्वीपक्षीय भेटवार्ता भएको थियो।

‘राष्ट्रपति सीलाई लगातार दोस्रो वर्ष भेट्न पाएकोमा र फलदायी द्विपक्षीय वार्ता गर्न पाएकोमा खुसी छु,’ भेटपछि ओलीले एक्समा लेखेका छन्, ‘विभिन्न विषयहरूमा भएको प्रगतिबारे समीक्षा गर्‍यौं र द्विपक्षीय सहकार्यलाई अझ सुदृढ बनाउने सहमति जनायौं।’

उनले आफूलाई ‘एससीओ प्लस सम्मेलन’मा आमन्त्रणा दिएकोमा राष्ट्रपति सीप्रति धन्यवाद व्यक्त समेत गरेका छन्।

चीनमा रहँदा प्रधानमन्त्री ओलीले चिनियाँ सैन्य परेडको अवलोकन गर्ने छन्। त्यस्तै रुसी राष्ट्रपति भ्लादमिर पुटिन लगायतका नेताहरूसँग पनि साइडलाइनमा भेटवार्ता गर्ने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad