राजनीति


प्रधानमन्त्री ओली र लाओसका राष्ट्रपतिबीच भेटवार्ता

प्रधानमन्त्री ओली र लाओसका राष्ट्रपतिबीच भेटवार्ता

नेपालखबर
भदौ १६, २०८२ सोमबार १०:१, काठमाडौँ

सांघाई सहयोग संगठन (एससीओ) प्लसको शिखर सम्मेलनका क्रममा चीनको थियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र लाओसका राष्ट्रपति थोल्ङलौन सुसौलिथबीच आज भेटवार्ता भएको छ।

दुई देशका प्रतिनिधिमण्डलसहित ओली र सुसौलिथबीच भेटवार्ता भएको हो। 

भेटका क्रममा दुई देशबीचको आपसी सम्बन्धका विविध पक्षहरुमा कुराकानी भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।

चीनको थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आइतबारदेखि शुरु भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले आज सम्बोधन गर्ने कार्यक्रम छ।

चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली यही भदौ १४ गतेदेखि पाँच दिने भ्रमणमा चीनमा गएका हुन्। 

प्रधानमन्त्री ओली र विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखबीचको दुईपक्षीय भेटवार्ताको क्रम पनि जारी रहेको छ। 

आजै प्रधानमन्त्री ओलीले रुसी राष्ट्रपति भ्लादिमीर पुटिन, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा.मोहमद मिज्जुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad