राजनीति


ममाथि राजनीतिक षड्यन्त्र गर्न मानव बेचबिखनको आरोप लगाइयो : उपसभामुख राना

ममाथि राजनीतिक षड्यन्त्र गर्न मानव बेचबिखनको आरोप लगाइयो : उपसभामुख राना

नेपालखबर
भदौ १७, २०८२ मंगलबार १२:३, काठमाडौँ

प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले आफूमाथि लागेका मानव बेचबिखनका आरोपहरूलाई राजनीतिक षड्यन्त्रको संज्ञा दिएकी छिन्।

संवैधानिक परिषद्‍मा नेपाली कांग्रेसको प्रतिनिधित्व नहुनु र आफ्नो विपक्षी भूमिकाका कारण यस्ता आरोपहरू लगाइएको भन्दै यी आरोपहरूले आफूलाई विचलित नगर्ने बताइन्।

‘संवैधानिक परिषद्‍मा कांग्रेसको कुनै प्रतिनिधि नहुनु र म विपक्षी सदस्य भएकाले ठूला दलहरूले बहुमत सिद्ध गर्न मलाई हटाउन खोजेका हुन्,’ रानाले भनिन्।

नेकपा एमालेका सांसद योगेश भट्टराईले लगाएको ‘मानव बेचबिखन’को आरोपलाई उनले आधारहीन भएको समेत बताइन्। ‘बेचिएका भनिएका बच्चाहरूले एक वर्षअगाडि नै मिडियामा आएर स्पष्ट पारिसकेका छन्,’ रानाले भनिन्, ‘यो आरोप भट्टराईले बिनाअध्ययन लगाउनुभएको हो।’

उनले आफ्नो संस्था पीए नेपालले जेलमा परेका अभिभावकका बच्चाहरूलाई ट्रान्जिट संरक्षण र हेरचाह मात्र प्रदान गरेको दाबी गरिन्। ‘हामी गरीब परिवारका बच्चाहरूलाई हेरचाह गर्छौं, शिक्षा दिन्छौं तर बेचबिखन होइन,’ रानाको स्पष्टोक्ति छ।

आरोपहरूको खण्डनका लागि बच्चाहरू र अभिभावकहरू नै मुख्य प्रमाण भएको भन्दै उनले भनिन्, ‘बच्चाहरू नै मिडियामा बोलेर स्पष्ट पारिसकेका छन्, नेताहरूले बच्चा वा अभिभावकसँग सोध्नुपर्छ, तर बच्चाहरूको गोपनीयतामाथि राजनीति गर्नु संगीन अपराध हो।’ 

यसबाट नै अनाश्वयकरुपमा आफूमाथि राजनीति भएको प्रष्ट हुने रानाको भनाइ छ। ‘यो राजनीति नै हो, नत्र यो विषय पहिल्यै सुल्झिसक्थ्यो,’ उनको भनाइ छ, ‘अभिभावकका ठेगाना हामीसँग छन्, सोध्न सकिन्छ । मैले संस्था छोडिसकेँ, तर बच्चाहरूले ‘आमा’ भन्दा भेट्न जान्छु। म सञ्चालक मात्र होइन, आमा बनेर हुर्काएकी हुँ।’

रानाले सरकारका गठबन्धन दलहरू कांग्रेस र एमालेले संवैधानिक परिषद्को नियुक्तिमा अप्ठ्यारो भएकाले आफूलाई हटाउन खोजेको दाबी समेत रानाको छ।

‘मेरो राजीनामा माग्ने कुनै आधार छैन, मैले बालबेचबिखन रोक्न नै काम गरेकी हुँ’, उनले भनिन्।

आफ्नो ३५ वर्षको बालसंरक्षण कार्यलाई कलंकित नबनाउन समेत रानाले आग्रह गरिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad