राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले जुम्लाको स्याउलाई बजारको सुनिश्चितता गर्न माग गरेका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले विदेशी स्याउ आयातमा २ महिना प्रतिबन्ध लगाउन माग गरेका हुन्।
विदेशी स्याउमा विभिन्न विषादी मिसाइएको कारण स्वास्थ्यमा समस्या देखिने तथा स्वदेशी स्याउले उचित मूल्य नपाउने भएको कारण स्वदेशी स्याउको लागि बजार सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ।
उनले सबै सांसद एवं संसद सचिवालयका कर्मचारीहरुलाई समेत जुम्लाको स्याउ किनिदिन आग्रह गरे। सांसद शाहीले स्याउ बिक्रीका लागि राजधानी ल्याउँदा बाटो प्रहरीले जाँचको नाममा हैरानी गर्ने गरेको भन्दै गृहमन्त्री रमेश लेखकको समेत ध्यानाकर्षण गराए।
सरकारले गुणस्तर जाँच गरेर मात्र विदेशी स्याउ आयात गर्नुपर्नेमा उनको जोड छ।
Shares

प्रतिक्रिया