राजनीति


नेपालको भूभाग र सार्वभौमिकता बचाउन संसद्, दल र जनता एकजुट हुनुपर्छः सांसद बडू

नेपालको भूभाग र सार्वभौमिकता बचाउन संसद्, दल र जनता एकजुट हुनुपर्छः सांसद बडू

नेपालखबर
भदौ १८, २०८२ बुधबार १४:४३, काठमाडौँ

नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सीमा, भौगोलिक अखण्डता र सार्वभौमिकताका सवालमा संसद, राजनीतिक दल र नागरिक समाज एक ढिक्का हुनुपर्ने बताएका छन्।  

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले नेपालको संलग्नता र सहमतिबिना लिपुलेकलाई दुई देशबीचको व्यापारिक मार्ग बनाउनेगरी भारत र चीनबीच सहमतिप्रति प्रधानमन्त्रीले स्पष्ट आपत्ति जनाएको उल्लेख गर्दै धन्यावाद व्यक्त गरे।

‘प्रधानमन्त्रीको सचिवालय र परराष्ट्र सचिवद्वारा जारी प्रेस नोटअनुसार चीनमा हाम्रा प्रधानमन्त्रीजीले चिनियाँ राष्ट्रपतिसँग नेपालको कुनै, संलग्नता, जानकारी र सहमतिबिना नेपालको भूमि लिपुलेकलाई दुई देशबीचको व्यापारिक मार्ग बनाउनेगरी भारत र चीनबीच ३ भदौ २०८२ मा भएको सहमतिका प्रति स्पष्टतः नेपालको आपत्ति रहेको जनाउनु भएको छ,' उनले भने, 'साथै महाकाली नदिको मुहान लिम्पियाधुरामा रहेको र सुगौली सन्धिका अनुसार महाकालीमाथिका सबै भूभाग सार्वभौम मुलुक नेपालको नै रहेको स्पष्ट छ भन्दै आफ्नो अडान समेत राख्नुभएको छ। यस प्रसंशनीय कार्यका लागि म सबैलाई हार्दिक धन्यवाद पनि दिन चाहान्छु।'

उनले सीमा विवादको समाधानका लागि दुई छिमेकी देशहरूसँगको कूटनीतिक बहस र छलफलबाट निकाल्नुपर्नेमा जोड दिए। उनले सुगौली सन्धिअनुसार कालापानी, लिपुलेक र लिम्पिधुरा नेपालकै भएको स्पष्ट पारे। 

'आफ्नो देशको सीमा, भौगोलिक अखण्डता र सार्वभौमिकताका सन्दर्भमा सिंगो संसद सम्पूर्ण राजनीतिक दलहरू, सिंगो नागरिक समाज, नेपाली प्रेस जगत र नेपाली जनता विगतमाझैँ एक ढिक्का छन् र एकसाथ उभिएका छौं हामी भन्नेमा पनि म विश्वस्थ छु’ उनले भने।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad