राजनीति


सामाजिक सञ्जाल बन्द गर्ने निर्णय निरंकुशताको पराकाष्ठा : शाही

सामाजिक सञ्जाल बन्द गर्ने निर्णय निरंकुशताको पराकाष्ठा : शाही

फाइल तस्बिर


नेपालखबर
भदौ १९, २०८२ बिहिबार १६:४०, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयलाई निरंकुशताको पराकाष्ठा भएको आरोप लगाएका छन्।

सरकारको यो कदमलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार र सरकारको कमजोरीको रूपमा व्याख्या गर्दै उनले सरकार आफ्ना आलोचना सुन्न डराएको दाबी गरे।

सरकारले नागरिकको आवाजलाई दबाउन खोजेको र यसले सरकारविरुद्ध जनआक्रोश बढ्ने विश्लेषण शाहीको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad