सरकारले दर्ता नभएका फेसबुकलगायत सामाजिक सञ्जाल बन्द गराउने निर्णय गरेपछि सत्तारुढ दलकै नेताहरूले विरोध गरिरहेका छन्।
यसै क्रममा सरकार नेतृत्वकर्ता नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले पनि सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको कडा रूपमा आलोचना गरेका छन्।
‘नियमनको प्रविधिको प्रबन्ध मिलाउने र कानुन बनाउने भनेथेँ मैले। तर सरकारले नर्थ कोरिया पो बनाउने भएछ’, पूर्वसञ्चारमन्त्रीसमेत रहेका उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विकृति अन्त गर्न सूचनामा बिर्को लगाउने हैन नि!’
यसअघि सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पनि सरकारको उक्त निर्णय गलत भएको टिप्पणी गर्दै पुनर्विचार गर्न आग्रह गरेका छन्।
सञ्चारमन्त्री रहेका बेला बाँस्कोटाले २०७६ सालमा ‘सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ ल्याएका थिए। तर व्यापक विरोध भएपछि विधेयक संसद्बाट पास हुन सकेन।
Shares

प्रतिक्रिया