राजनीति


जेनजीको प्रदर्शनले रास्वपा उत्साहित

जेनजीको प्रदर्शनले रास्वपा उत्साहित

नेपालखबर
भदौ २२, २०८२ आइतबार २०:४, काठमाडौँ

भ्रष्टाचारविरुद्ध युवाहरूको समूहले भोलि (सोमबार) गर्न लागेको प्रदर्शनप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समर्थन गरेको छ।

महामन्त्री कविन्द्र बुर्लाकोटीले आज विज्ञप्ति प्रकाशित गरी जेनजीको प्रदर्शन हुने कुराले उत्साहित बनाएको बताएका छन्। 

‘सरकारको श्रृंखलाबद्ध कुशासन र राज्यशक्तिको दुरूपयोग, स्वतन्त्रता र मौलिक हक हननका विरुद्ध हामी सदनदेखि सडकमा आवाज निरन्तर उठाइरहेकै छौँ’ विज्ञप्तिमा भनिएको छ, ‘यो परिप्रेक्षमा जेनजी समेत सशक्त ढङ्गले सडकमा आउन आँट्नु उल्लेख्य राजनीतिक परिघटना हो। सार्वजनिक मामिलामा सबैको लोकतान्त्रिक संस्कारसँग प्रत्यक्ष हस्तक्षेप रहोस् भन्ने मान्यता हाम्रो दलको रहेको छ।’ 

जेनजीको यो प्रयासलाई बिथोल्ने, घुसपैठ र दमन गर्ने लगायतका कार्य नगर्न सरकार र सत्तापक्षीय दलहरूलाई रास्वपाले खबरदारी पनि गरेको छ।

रास्वपाले पछिल्लो पुस्ताको सडक प्रदर्शनमा आफ्नो पार्टीसँग आबद्ध लगायत समस्त युवाहरूलाई कुनै पनि दलीय संकेत, नारा र परिचय प्रयोग नगरी ऐक्यवद्धता प्रकट गर्न आग्रह पनि गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad