राजनीति


माओवादी केन्द्रले मंगलबार सबै पालिकामा श्रद्धाञ्जली सभा गर्ने, सरकारले नरसंहार मच्चाएको निष्कर्ष

माओवादी केन्द्रले मंगलबार सबै पालिकामा श्रद्धाञ्जली सभा गर्ने, सरकारले नरसंहार मच्चाएको निष्कर्ष

नेपालखबर
भदौ २४, २०८२ मंगलबार ०:३१, काठमाडौँ

नेकपा माओवादी केन्द्रले मंगलबार साँझ सबै पालिकाहरुमा सोमबारको जेनजी प्रदर्शनमा मारिएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्ने भएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा आकस्मिक बसेको पदाधिकारी बैठकले सरकारले सोमबार जनजी प्रदर्शनमा नरसंहार मच्चाएको निष्कर्ष निकालेको हो । 

बैठकले मंगलबार साँझ देशभरका पालिकाहरुमा श्रद्धाञ्जली सभा गर्ने, मंगलबार बिहान प्रतिपक्षी दलसँग छलफल गर्ने समेत निर्णय गरेको बैठकमा सहभागी एक सदस्यले बताए ।

बैठकले आन्दोलनको रुपमा भए पनि सारमा चाहिँ यो व्यवस्था, प्रणाली कोल्याप्स गर्ने षड्यन्त्रको रुपमा सोमबारको प्रदर्शनलाई लिएको ती नेताले खुलाए । त्यसैगरी जेनजीले उठाएका कतिपय माग आफ्नो भएको पनि बैठकको निष्कर्ष थियो । 

‘यसमा विशेष गरेर जेनजी पुस्ताले अगाडि बढाएको कतिपय मागहरुमा हाम्रो समानता पनि छ’, ती नेताले भने, ‘भ्रष्टाचारविरुद्धको उनीहरुको मुद्दा हामीले भन्दै आएका हौँ । यसविरुद्ध अध्यक्ष प्रचण्डले सरकारले सरकार नै छोड्नुपरेको हो । सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने कुराहरु पनि गलत भयो ।’ 

उनीहरुका मागहरुसँग समानता भएकाले पार्टीको समर्थन रहने भए पनि माओवादी केन्द्रले त्यसलाई शान्तिपूर्ण आन्दोलनको रुपमा अगाडि लैजानको लागि अपिल गर्ने भएको छ ।

‘आजको घटना सामान्य हत्या मात्रै होइन, योचाहिँ एउटा नरसंहार नै हो । यसको जिम्मेवारी सरकारले लिनुपर्छ । प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने पनि भयो । स्वतन्त्र र निष्पक्ष छानबिन आयोग बनाउनुपर्ने, दोषी पत्ता लगाएर कडा कारबाही गर्नुपर्ने निष्कर्ष छ’, ती नेताले थपे । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad