राजनीति


अमेरिका, बेलायत, अस्ट्रेलियालगायत ७ देशको संयुक्त अपिल: मौलिक अधिकार सुनिश्चित गर

अमेरिका, बेलायत, अस्ट्रेलियालगायत ७ देशको संयुक्त अपिल: मौलिक अधिकार सुनिश्चित गर

नेपालखबर
भदौ २४, २०८२ मंगलबार ५:४५, काठमाडौँ

नेपालमा सोमबार भएको जेन-जी आन्दोलनमा सरकारले दमन गर्दा २० भन्दा बढी युवा मारिएको घटनाप्रति अमेरिका, बेलायत, अस्ट्रेलिया, फ्रान्स, जापान फिनल्यान्ड र कोरिया गणतन्त्रले संयुक्त रूपमा गहिरो दु:ख व्यक्त गरेका छन्। 

नेपालस्थित उनीहरूका दूतावासले सोमबार राति संयुक्त विज्ञप्ति जारी गरी हिंसात्मक घटनाले संवेनदशीले बनाएको उल्लेख गरेका हुन्। 

‘हामी काठमाडौँ तथा नेपालका अन्य स्थानहरूमा आज (सोमबार) देखिएका हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछौF। यी घटनाहरूका कारण ज्यान गुमाउने दुःखद् अवस्था उत्पन्न भएको र कैयौँ घाइते भएकोमा हामी संवेदनशील भएका छौँ उनीहरूले संयुक्त विज्ञप्तिमा लेखेका छन्, पीडित परिवारजन, प्रभावित व्यक्तिहरूप्रति हामी हार्दिक समवेदना प्रकट गर्दछौं। साथै, घाइते सबैलाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ।’

साथै ती देशले शान्तिपूर्ण सभा र अभिव्यक्ति स्वतन्त्रताका पक्षमा दृढ समर्थन व्यक्त गर्दै शान्तिपूर्ण तरिकाले समाधान खोज्न नेपालका सबै पक्षलाई अपिल पनि गरेका छन्। 

‘हाम्रा सरकारहरूले शान्तिपूर्ण सभा र अभिव्यक्तिको स्वतन्त्रताको सार्वभौमिक अधिकारप्रति आफ्नो दृढ समर्थन पुनः व्यक्त गर्दछ’, उनीहरूले विज्ञप्तिमा भनेका छन्, ‘हामी सबै पक्षलाई अधिकतम संयम अपनाउन, परिस्थितिलाई थप बिग्रिन नदिई शान्तिपूर्ण तरिकाले समाधान खोज्न तथा यी मौलिक अधिकारहरूको पूर्ण संरक्षण सुनिश्चित गर्न आग्रह गर्दछौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad