नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले पदबाट राजीनामा दिने घोषणा गरेका छन्।
भ्रष्टाचारविरुद्ध सडकमा आएको युवापुस्तामाथि आक्रमण गरेको विषयमा आपत्ति जनाउँदै आफूले राजीनामा घोषणा गरेको उनको भनाइ छ।
'पत्र बुझाउन जाने अवस्था छैन। इमेलमार्फत राजीनामा पठाउँदैछु' उनले भने।
उनले आफूले भ्रष्टाचार विरोधी कुरा उठाइरहे पनि सरकारले नसुनेको बताएका छन्। उनी गोरखा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्।
त्यस्तै उनले सोमबार भएको जेनजीको प्रदर्शनमा सरकारले दमन गरेकोमा गम्भीर आपत्ति जनाएका छन्। आजै नेपाली कांग्रेसबाट सरकारमा रहेका (इतर समूह) मन्त्रीहरू कृषिमन्त्री रामनाथ अधिकारी, खेलकुदमन्त्री तेजुलाल चौधरीले पदबाट राजीनामा दिइसकेका छन्।
855
Shares

प्रतिक्रिया