राजनीति


उपचारत घाइतेको अवस्था बुझ्न कुलमान घिसिङ अस्पतालमा

उपचारत घाइतेको अवस्था बुझ्न कुलमान घिसिङ अस्पतालमा

नेपालखबर
भदौ २४, २०८२ मंगलबार १६:१२, काठमाडौँ

नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले जेनजीको आन्दोलनका क्रममा घाइते भएका प्रदर्शनकारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

सुशासन, सेवा प्रवाहमा सुधार, आर्थिक समृद्धिका लागि उज्यालो नेपाल अभियान चलाइरहेका घिसिङले काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत घाइतेको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन्। उपचाररत घाइतलाई भेटी उनले उपचारमा आवश्यक सहयोग गर्न तयार रहेको बताए। उनले शान्तिपूर्ण आन्दोलन गर्न पाउने जनताको अधिकारलाई सरकारले दमन गरेर अप्रिय र दुःखद घटना भएको बताए। 

‘जेन जी पुस्ता देशको भविष्य हुन्, यो पुस्ताको गुनासोलाई सम्वोधन गर्दै उनीहरूको सम्पूर्ण आकांक्ष पूरा गर्ने अवस्था सृजना गर्नुपर्दछ, राजनीतिक नेतृत्वले नैतिक जिम्मेवारी कवूल गर्दै पदत्याग गर्ने, जेन जी पुस्तालाई समेत संलग्न गरी स्वच्छ छवि भएका व्यक्तिहरूको अन्तरिम सरकार गठन गरी अविलम्व आम चुनाव गराउनु पर्दछ,’ उनले भने ‘सबै तहको व्याप्त भ्रष्टचार निर्मूल गर्नको लागि स्वतन्त्र उच्चस्तरीय आयोगले छानविन गरी भ्रष्टाचारीहरूलाई फास्ट ट्रयाकबाट हदैसम्मको दण्ड दिने व्वस्था गर्ने, हिजोको बर्बरतापूर्ण घट्नाको न्यायिक जाँच गरेर दोषीलाई कडाभन्दा कडा कारवाही गर्ने, भविष्यमा यस्तो ज्यादती र वलको दुरूपयोग नहोस् भन्ने सुनिश्चतता गर्ने र  जेन जी  पुस्ताको नेतृत्व विकास गर्न सहयोगी पुग्ने ढंगले संविधानमा आवश्यक संसोधन गरी समस्या समाधान गर्न सकिन्छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad