राजनीति


भारतका प्रधानमन्त्री मोदीले भने: नेपालमा भएको हिंसा हृदयविदारक छ

भारतका प्रधानमन्त्री मोदीले भने: नेपालमा भएको हिंसा हृदयविदारक छ

नेपालखबर
भदौ २५, २०८२ बुधबार ६:३, काठमाडौँ

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भएको हिंसा हृदयविदारक भएको बताएका छन्।

जेनजी आन्दोलनका क्रममा युवाहरू मारिएको घटनाले मन विचलित बनाएको उनलेे उल्लेख गरेका छन्। 

साथै मोदीले नेपालीहरूलाई शान्ति-सुव्यवस्था कायम राख्न अपिल पनि गरेका छन्।

भारतका प्रधानमन्त्री मोदीले मंगलबार बेलुका एक्समा लेखेका छन्, 'आज दिनभरिको भ्रमणबाट फर्किएपछि सुरक्षासम्बन्धी मन्त्रिपरिषद् समितिको बैठकमा नेपालको घटनाक्रमहरूको बारेमा विस्तृत छलफल भयो। नेपालमा भएको हिंसा हृदयविदारक छ। धेरै युवाहरूले आफ्नो ज्यान गुमाउनु परेकोमा मेरो मन अत्यन्तै विचलित छ। नेपालको स्थिरता, शान्ति र समृद्धि अत्यन्त महत्त्वपूर्ण छ। म नेपालका सबै मेरा दाजुभाइ तथा दिदीबहिनीहरूलाई शान्ति-व्यवस्था कायम राख्न विनम्रतापूर्वक अपिल गर्दछु।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad