नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले अन्तरिम सरकार गठनका लागि भएको सहमतिप्रति असन्तुष्टि जनाएका छन्।
राष्ट्रपति कार्यालयमा जारी वार्तामा जेन-जीले गरेको प्रस्तावबमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति जुटाइरहँदा पूर्वमन्त्री बाँस्कोटाले भने फरक मत राखेका हुन्।
‘प्रयोगशालाभन्दा फरक नभएपछि पुरानाले, नयाँले, झन् नयाँले र महानयाँले अन्तिममा आफ्नै गालामा थप्पड हान्ने र हरेक टाल्टुले समाधान बढीमा एक दशकको लागि खोज्ने हो’, शुक्रबार बिहानै बाँस्कोटाले लेखेका छन्, ‘किनकि यहाँ सर्पको मुखमा परेको भ्यागुतोले फट्याङ्ग्राको सिकार गर्न मुख बाउँछ, जसको आन्दोलन उही नेता हुनु नि। फेरि उत्खनन किन?’
त्यसो त जेन-जीसहितको वार्ता जारी नै छ। प्रधानमन्त्रीमा कार्कीको नाममा सर्वपक्षीय समझदारी जुटे पनि संसद् विघटन गर्ने कि नगर्ने भन्ने विषयमा निर्णय भइसकेको छैन। यसका लागि वार्ता आज पनि जारी रहने जनाइएको छ।
Shares

प्रतिक्रिया