राजनीति


तीन दिनअघि गठित जाँचबुझ आयोगले अहिलेसम्म पाएन पत्र

तीन दिनअघि गठित जाँचबुझ आयोगले अहिलेसम्म पाएन पत्र

नेपालखबर
असोज ७, २०८२ मंगलबार ११:७, काठमाडौँ

भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा सरकार र प्रदर्शनकारी दुवै पक्षबाट भएका गतिविधिको जाँचबुझ गर्न गठित न्यायिक आयोगले अहिलेसम्म काम गर्न पाएको छैन।

सरकारले ढिलो गरी गत आइतबार साँझ आयोग गठन गरेको थियो। मन्त्रिपरिषद्को बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा आयोग गठन गरेको भए पनि अहिलेसम्म सरकारी संयन्त्रले कुनै काम नगरेको देखिन्छ।

‘हामीले त सञ्चार माध्यमबाट थापा पायौँ, अहिलेसम्म कुनै औपचारिक जानकारी आएको छैन,’ कार्कीले नेपालखबरसँग भने।
जाँचबुझको काम ढिला हुँदा प्रमाण नष्ट हुने, आरोपितहरू भाग्न सक्ने र पछि कारबाही फितलो हुन सक्ने जोखिम हुन्छ। 

२३ गते जेनजी आन्दोलनमा तत्कालीन प्रहरीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा १९ जनाको ज्यान गएको थियो। २४ गते विभिन्न सार्वजनिक र निजी सम्पत्तिमा तोडफोड, लुटपाट र आगजनी भएको थियो। 

आयोगका सदस्यमा नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी छन्। आयोगको कार्यावधि तीन महिना तोकिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad