राजनीति


रास्वपा बैठक आज पनि, तीन एजेन्डा बाँकी

रास्वपा बैठक आज पनि, तीन एजेन्डा बाँकी

नेपालखबर
असोज ८, २०८२ बुधबार ७:२५, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले आज (बुधबार) पनि निरन्तरता पाउने भएको छ।

रास्वपा प्रवक्ता मनीष झाका अनुसार आजको बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा सुरु हुनेछ।

उनले भने, 'रास्वपाको हिजो बसेको केन्द्रीय समितिको बैठकको निरन्तरता आज १ बजेबाट हुनेछ। प्रत्येक सदस्यहरूले बोल्ने क्रममा लगभग १० सदस्य र पदाधिकारीहरूले बोल्न बाँकी छ। त्यसपछिको अरू ३ एजेन्डाहरूमा छलफल बाँकी छन्। आजको बैठक ५ देखि ६ घण्टासम्म लाग्न सक्ने अनुमान छ।'

उनका अनुसार बैठकमा यी ७ एजेन्डा छन्।

१. समसामयिक अवस्था र बैठकबारे।

२. प्रदेश बैठकहरूबाट प्राप्त विवरण प्रस्तुत (सभापतिहरूको तर्फबाट)।

३. परिवर्तित अवस्थामा केन्द्रीय सदस्यहरूको धारणा।

४. पार्टी संगठन एवं विभाग सम्बन्धमा।

५. आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन रणनीति सम्बन्धमा।

६. पार्टीको ऐतिहासिक महाधिवेशन सम्बन्धमा।

७. विविध।

बैठकको पहिलो दिन मंगलबार पार्टी छाडेकी सुमना श्रेष्ठबारे पनि छलफल भएको थियो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad