समाज


मुग्लिन-नारायणगढ सडक आज पनि दिनभर नखुल्ने

मुग्लिन-नारायणगढ सडक आज पनि दिनभर नखुल्ने

नेपालखबर
असोज ८, २०८२ बुधबार ७:५१, काठमाडौँ

मंगलबार अपराह्न ४:५० बजेतिर तुइनखोला पुलनजिकै फेरि ठूलो पहिरो खस्दा पूरै बन्द भएको मुग्लिन-नारायणगढ सडक आज बुधबार पनि दिनभर नखुल्ने भएको छ।

पहिरो पन्छाउन आज दिनभरजसाे लाग्ने भएकाले उक्त सडक प्रयोग गर्ने सवारीसाधन सञ्चालक एवं यात्रुहरूलाई वैकल्पिक सडक प्रयाेग गर्न सडक डिभिजन भरतपुरले सुझाव दिएको छ।

वैकल्पिक मार्गका रूपमा महोत्तरीको बर्दिवास, मकवानपुरको हेटौँडा, रुपन्देहीको बुटवल, नवलपरासी बर्दघाट सुस्तापूर्वको कावासोती र गैँडाकोट, धादिङ जिल्लाको नौबिसे तथा तनहुँ जिल्लाको हकमा खैरेनीटार भएर यात्रा गर्न सल्लाह दिइएको छ। 

बुधबार बिहान जारी सूचनामा भनिएको छ, ‘मुग्लिन-नारायणघाट सडकखण्डको तुइनखाेला पुलनजिकै हिजाे दिउँसो समय ४:५० बजेतिर गएको ठुलो पहिरोका कारण सडक आवागमन पूर्णरूपमा बन्द हुन पुगेको छ। पहिरो पन्छाउन आज दिनभरजसाे लाग्ने भएकाले उक्त सडक प्रयोग गर्नुहुने सम्पूर्ण सवारीधनीहरू एवं यात्रु महानुभावहरूलाई वैकल्पिक सडक प्रयाेग गरिदिनहुन अनुराेध गर्दछौँ।’

यस विषयमा जानकारी एवं सूचना लिन जिल्ला प्रहरी कार्यालय, चितवनका सूचना अधिकारी एवं प्रहरी नायब उपरिक्षक श्री रवीन्द्र खनाल (९८५५०१३९९९), जिल्ला प्रशासन कार्यालय, चितवनका सूचना अधिकारी, मदन लामा थिङ (९८५५०९२२००) र सडक डिभिजन भरतपुरका सूचना अधिकारी कृष्णप्रसाद आचार्य (९८५५०९२२१८) सँग सम्पर्क गर्न सकिने सडक डिभिजनले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad