पत्रकार देवराम यादवलाई सप्तरीस्थित महादेवा गाउँपालिकाका सुरेन्द्र यादवसहित व्यक्तिले कुटपिट गरेको घटनाप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ।
महासंघले विज्ञप्ति जारी गरी समाचारको निहुँमा यही असार ६ गते एक्कासी हेलमेटले हान्दा गोरखापत्र दैनिकमा कार्यरत पत्रकार यादव घाइते भएका सप्तरी शाखालाई उदृत गर्दै स्पष्ट पारेको छ।
‘समाचारको विषय भए प्रचलित विधिअनुसार समाधान नखोजेर पत्रकारमाथि आक्रमणमा उत्रिएको यो घटना अत्यन्तै निन्दनीय र प्रेस स्वतन्त्रताविरोधी हो’ महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘महासंघ यो घटनाको छानबिन गर्न र दोषीमाथि कानुनी कारबाही गरी प्रेसलाई सुरक्षित रुपमा पेशागत अभ्यासमा जुट्ने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गर्दछ।’
162
Shares

प्रतिक्रिया