समाज


भक्तपुरमा सामान्य विवादमै चक्कु प्रहार गरेर एक युवकको हत्या, ३ युवक पक्राउ

भक्तपुरमा सामान्य विवादमै चक्कु प्रहार गरेर एक युवकको हत्या, ३ युवक पक्राउ

नेपालखबर
असार ९, २०८३ मंगलबार ८:५४, काठमाडौँ

भक्तपुरमा गएराति चक्कु प्रहार गरेर एक युवकको हत्या भएको छ। 

सोमबार राति करिब १० बजे सामान्य विवादका क्रममा भएको झैँ झगडामा चक्कु प्रहार हुँदा एक युवकको मृत्यु भएको प्रहरीले जनाएको छ। 

मृत्यु हुनेमा धनुषाको मिथिला नगरपालिका-९ घर भइ हाल नगरकोटमोड बस्ने २८ वर्षीय आकाश रसाइली छन्। 

चक्कु प्रहारबाट गम्भीर घाइते भएका रसाइलीलाई उपचारका लागि केएमसी अस्पताल सिनामंगल लगिएको थियो। 

उनको उपचारको क्रममा आज बिहान  सवा ६ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ।  

रसाइलीलाई चक्कु प्रहार गर्ने उदयपुरको त्रियुगा नगरपालिका-१३ घर भइ हाल भक्तपुर सल्लाघारी बस्ने ३१ वर्षीय आयुष कार्की पक्राउ परेका छन्।

उनीसँगै झापाको दमक नगरपालिका-३ घर भई हाल सल्लाघारी बस्ने २७ वर्षीय दोर्जे शेर्पा र गुल्मी तम्घास घर भई हाल सल्लाघारी बस्ने ३५ वर्षीय रमेश कुँवरलाई पनि प्रहरीले पक्राउ गरेको छ। 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad