समाज


कर्णालीमा बेपत्ता भएका सहचालक खोज्न कुरिनटारबाट गए सशस्त्रका गोताखोर

कर्णालीमा बेपत्ता भएका सहचालक खोज्न कुरिनटारबाट गए सशस्त्रका गोताखोर

नेपालखबर
असार ९, २०८३ मंगलबार १२:२९, काठमाडौँ

दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपािलका–७ पाल्तडा (ताराबजार) नजिकै कर्णाली नदीमा नुहाउने क्रममा बेपत्ता भएका युवकको सशस्त्र प्रहरी बल नेपालको गोताखोर टोलीले खोजी जारी राखेको छ।
    
यही असार २ गते मुगुबाट सुर्खेततर्फ जाने क्रममा कर्णाली प्रदेश ०२–००१ क ०७८० नबरको मिनि ट्रक ताराबजार नजिकै रोकेर नदीमा नुहाउन गएका सहचालक युवक त्यसपछि फर्केका छैनन्।

नुहाउने क्रममा सहचालक डोल्पा जिल्लाको जगदुल्ला गाउँपािलका– ३ बस्ने २४ वर्षीय निवन रोकाय नदिमा डुवेर वेपत्ता भएका हुन्।

घटनाको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल माथिल्लो कर्णाली जलविद्युत आयोजना सुरक्षा वेश दैलेखबाट खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त टोली, नेपाल प्रहरी र आफन्तहरूले खोजीकार्य गरिरहेका छन्। 

त्यसमा थप मद्दतको लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट गोताखोर परिचालन गरिएको थियो।
 
खोजी कार्यलाइ प्रभाबकारी बनाउनको लागि असार ८ गते विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनबाट सशस्त्र प्रहरी निरीक्षक श्रीकृष्ण श्रेष्ठको कमाण्डमा सोनार क्यामरा र अण्डर ड्रोन क्यामरासहित गोताखोर र विपद् व्यवस्थापन तालिम प्राप्त टोली समेत परिचालन गरिएको  सशस्त्र प्रहरी बलका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad