राजनीति


प्रधानमन्त्रीले दिइन् दसैँको शुभकामना, युवाले ज्यान गुमाएकाले यसपालि टीका नलगाउने

‘तोकिएकै मितिमा निर्वाचन गराउन सरकार प्रतिबद्ध छ’
प्रधानमन्त्रीले दिइन् दसैँको शुभकामना, युवाले ज्यान गुमाएकाले यसपालि टीका नलगाउने

नेपालखबर
असोज १३, २०८२ सोमबार ११:५०, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले बडादसैँ २०८२ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीलाई शुभकामना व्यक्त गरेकी छिन्। 

स्वकीय सचिवालयमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले संसारभर छरिएर रहेका नेपालीभाषीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गरेकी हुन्। 

त्यसैगरी प्रधानमन्त्री कार्कीले यसपालि आफूले विजयादशमीमा टीका नलगाउने भएकी छिन्। गत भदौको जेनजी आन्दोलनको क्रममा धेरै युवाले ज्यान गुमाएकाले यसपटक आफूले पनि नलगाउने र अरुलाई पनि नलगाइदिने भएको सचिवालयले उल्लेख गरेको छ। 

‘बडादसैँ प्रत्येक वर्ष हर्षोल्लासका साथ मनाउने चाड भए पनि हालै सम्पन्न युवापुस्ताको आन्दोलनको क्रममा धेरै युवाहरुले आफ्नो ज्यान गुमाउनुपरेको पीडा पनि हाम्रासामु ताजै छ’, सन्देशमा उल्लेख छ, ‘तसर्थ, यस वर्ष सम्माननीय प्रधानमन्त्रीज्यू आफूले बडादसैँको टीका जमरा नलगाउनुहुने र देशवासीहरुलाई समेत टीका लगाउने कार्यक्रम नरहेको व्यहोरा सबैको जानकारीका लागि सादर अनुरोध छ।’ 

सन्देशमा उनले तोकिएको प्रतिनिधिसभाको निर्वाचन गर्न कटिबद्ध रहेको तथा देशमा सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरेकी छिन्। उनले सबैमा देश विकासमा लाग्न अनुरोध समेत गरेकी छिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad