निर्वाचनबारे छलफल गर्न सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिबीच त्रिपक्षीय बैठक सुरु भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएकाे बैठकमा दलका तर्फबाट १६ जना, जेजनीका तर्फबाट १४ जना र सरकारको तर्फबाट प्रधानमन्त्री सुशीला कार्कीसहित सहभागी भएका छन्। 
जेनजी पक्षबाट मोनिका निरौला, रक्षा बम, पुरुषोत्तम यादव, सामना लावती, खेमराज साउँद, उपअर्जुन चाम्लिङ, भोजविक्रम थापा, मिराज ढुंगाना, विवेक दाहाल, जेम्स कार्की, रेहनराज डंगोल, अमीत खनाल र राजन रानामगर सहभागी छन्।
त्यस्तै राजनीतिक दलतर्फबाट नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, माधव सापकोटा (माओवादी), प्रकाश अधिकारी , दीपक कार्की (जसपा), प्रकाश ज्वाला, राजेन्द्र पाण्डे (एकीकृत समाजवादी), मोहन श्रेष्ठ, राजेन्द्र गुरुङ (राप्रपा), निशा डाँगी, स्वर्णिम वाग्ले(रास्वपा), महेश बर्तौला, क्षितिज थेबे(एमाले), वसन्त कुशवाह (जनमत) र प्रकाशशरण महत (कांग्रेस) सहभागी भएका छन्।
सरकारका तर्फबाट प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन र सूचना, सञ्चार तथा प्रविधि मन्त्री जगदीश खरेल रहेका छन्।
Shares

प्रतिक्रिया