राजनीति


कांग्रेस महामन्त्री गगन थापाले गरे केन्द्रीय कार्यसमिति बैठक बहिष्कार

कांग्रेस महामन्त्री गगन थापाले गरे केन्द्रीय कार्यसमिति बैठक बहिष्कार

नेपालखबर
कात्तिक १३, २०८२ बिहिबार २०:३१, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जारी केन्द्रीय कार्यसमितिको बैठक बहिष्कार गरेका छन्।

बिहीबार बसेको बैठकमा प्रस्तुत गर्ने एजेन्डाबारे कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग कुरा नमिलेपछि महामन्त्री थापा बैठकस्थलमा प्रवेश नगरी बाहिरिएका एक केन्द्रीय सदस्यले जानकारी दिए।

थापा आजको बैठकमा महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्ने तयारीमा थिए।

उनले मंसिर महिनामा विशेष महाधिवेशन गर्ने प्रस्ताव तयार पारेका थिए। उक्त प्रस्ताव आजको बैठकमा पेस गर्नेगरी कार्यवाहक सभापति खड्कासँग कुराकानीसमेत गरेका थिए। 

महामन्त्री थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले कार्यवाहक सभापति खड्कासँग सो विषयमा अनौपचारिक कुराकानी गरेपनि खड्का सहमत नभएको स्रोतले जनाएको छ।

यसअघि पनि थापाले महाधिवेशनका दुई विकल्प केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा प्रस्तुत गरेका थिए। 

केन्द्रीय कार्यसमितिमा प्रस्तावका लागि लैजान कार्यसम्पादन समितिमा प्रस्तुत थापाका विकल्प संस्थापन पक्षले अस्वीकार गरेको थियो।

सो प्रस्ताव उनले सार्वजनिक गरेका थिए।

आजै महामन्त्री शर्माले नियमित र विशेष महाधिवेशन गर्ने विभिन्न विकल्पबारे चार बुँदाको प्रस्ताव सार्वजनिक गरेका थिए। 

महाधिवेशनका ५४ प्रतिशत प्रतिनिधिहरुले विशेष महाधिवेशनका लागि असोज २९ गते पार्टीको केन्द्रीय कार्यालय सानेपामा निवेदन दिइसकेको सन्दर्भमा आगामी फागुन २१ गते हुने निर्वाचनअघि नै विशेष महाधिवेशन बोलाउनुपर्ने महामन्त्री थापा र शर्माको जोड छ।

कांग्रेस बैठकमा महामन्त्रीले प्रस्तुत गर्ने एजेन्डा सभापतिको सहमतिमा मात्रै प्रस्तुत गर्ने चलन छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad