राजनीति


एकतापछिको नाम नेपाली कम्युनिस्ट पार्टी हुने, माओवादीले गर्‍यो अनुमोदन

एकतापछिको नाम नेपाली कम्युनिस्ट पार्टी हुने, माओवादीले गर्‍यो अनुमोदन

नेपालखबर
कात्तिक १८, २०८२ मंगलबार १६:२०, काठमाडौँ

नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका विभिन्न ९ कम्युनिस्ट घटकबीचको एकतापछिकाे 'नाम नेपाली कम्युनिष्ट पार्टी' हुने भएको छ। 

मंगलबार पार्टी एकतासम्बन्धी निर्णयलाई अनुमोदन गर्न बसेको माओवादीको महाधिवेशन आयोजक समितिको पूर्ण बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टीको नामबारे जानकारी दिएका हुन्। 

यसअघि एकतापछि पार्टीको चुनाव चिह्न पाँचकुने तारा हुने भए पनि नाम टुंगो लागि सकेको थिएन। ‘नेपाली कम्युनिस्ट पार्टी रहने छ,’ सापकोटाले भने, ‘चुनाव चिह्न पाँचकुने तारा हुनेछ। आजको बैठकले यसलाई अनुमोदन गरेको छ।’

उनले बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सम्बोधनमा राष्ट्रिय मुक्तिका लागि आधार तयार भएको बताएको जानकारी दिए। त्यस्तै माओवादी परित्याग गरि नयाँ अभियान घोषणा गरेका जनार्दन शर्माको सम्बन्धमा अझै पनि विचार गर्न आग्रह गरेको उल्लेख गरे। 

त्यस्तै झलनाथ खनाल, भीम रावल, घनश्याम भूसालहरुसँग पनि संवाद भइरहेको प्रचण्डले बैठकमा जानकारी गराएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad