राजनीति


कांग्रेस बैठकमा चन्द्र भण्डारीको प्रस्ताव- संसद् पुन:स्थापना गरौँ

कांग्रेस बैठकमा चन्द्र भण्डारीको प्रस्ताव- संसद् पुन:स्थापना गरौँ

नेपालखबर
कात्तिक १८, २०८२ मंगलबार १७:४४, काठमाडौँ

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले संसद् पुनर्स्थापना गरेर जेनजीको माग सम्बोधन गर्नुपर्ने प्रस्ताव गरेका छन्। जारी केन्द्रीय समितिको मंगलबारको बैठकमा भण्डारीले संसद् पुनर्स्थापना गर्नुपर्ने बताएका हुन्।  

'संसद् पुन:स्थापना गरौँ। संविधान संशोधन पनि गरौँ र जेनजीको माग सम्बोधन गरेर अघि बढौँ' बैठकमा भण्डारीको प्रस्ताव थियो। 

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रतिनिधि सभा विघटन असंवैधानिक भन्ने ठहर गरेको थियो। तर अहिले कांग्रेसभित्र फागुन २१ का लागि तय भएको प्रतिनिधि सभाको निर्वाचनमा सहभागी हुनुपर्ने आवाज उठिरहेको छ। 

फागुन २४ को जेनजी आन्दोलनपछि सत्ताबाट बहिर्गमनमा परेको नेकपा एमालेले भने संसद् पुन:स्थापनालाई हुनुपर्ने निर्णय गरी यसका लागि कानुनी प्रक्रियामा जाने बताइसकेको छ।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad