नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका नौ वाम घटकबीच भएको पार्टी एकता घोषणा सभामा पूर्वप्रधानमन्त्री झलनाथ खनाल पनि सहभागी भएका छन्।
एकीकृत समाजवादीका सम्मानीत नेता खनाल एकता प्रक्रियामा सहभागी नहुने भन्दै हिजोसम्म छुट्टै अभियानमा लागेका थिए। तर, माओवादी केन्द्रका संयोजक प्रचण्डसँग आज बिहान भएको वार्तापछि खनाल एकता प्रक्रियामा सहभागी भएका हुन्।
१० वामपन्थी घटकबीच एकतापछि आज ‘नेपाली कम्युनिष्ट पार्टी’को घोषणा हुँदैछ। काठमाडौँको भृकुटीमण्डपमा अहिले एकता राष्ट्रिय सम्मेलनको उद्घाटन समारोह चलिरहेको छ।
अलिक ढिलोगरि कार्यक्रम स्थलमा पुगेका नेता खनाललाई विभिन्न पार्टीका नेता कार्यकर्ताले स्वागत गर्दै मञ्चमा पुर्याएका छन्।
यो एकता प्रक्रियामा माओवादी केन्द्र, एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपाबाट विद्रोह गरेका चिरन पुन नेतृत्वको समूह, राजु कार्की नेतृत्वको नेकपा साजवादी, सुवासराज काफ्ले नेतृत्वको नसमाजवादी पार्टी, महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, कर्णजित बुढा नेतृत्वको नेकपा माओवादी समाजवादी, प्रेम चलाउने नेतृत्वको नेकपा साम्यवादी पार्टी र गोपाल किराँती नेतृत्वको देशभक्त समाजवादी मोर्चासहितका वाम घटक सहभागी छन्।
थप तस्बिरहरू




























Shares

प्रतिक्रिया