नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अब पार्टीहरू कहिल्यै नफुट्नेगरि एकता हुनुपर्ने बताएका छन्।
बुधबार नेपाली कम्युनिस्ट पार्टीको एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै एकता कायम राख्न सके मात्रै नेपाली विशेषताको समाजवाद ल्याउन सकिने जिकिर गरे।
‘हामी कहिल्यै फुट्ने छैनौँ भन्ने संकल्पका साथ अघि बढ्नुपर्छ,’ खनालले भने, ‘अघिल्ला पटकहरूमा पनि एकता गरेका थियौँ। तर, ए कता भयो। ए बेग्लै भयो, कता बेग्लै भयो।अब चाहिँ ए र कता जोडेर एकता। यो हामीले गनुपर्ने आवश्यता छ। ’
खनालले देशलाई नेपाली विशेषताको समाजवादतर्फ लैजानका लागि कम्युनिस्ट शक्तिहरूको एकता अपरिहार्य रहेको बताए।
‘अब यो समाजलाई नेपाली विशेषताको समाजवादतर्फ पुर्याउनुपर्ने आवश्यकता छ। तर एउटै एकीकृत पार्टी निर्माण नगरी त्यो लक्ष्य हासिल गर्न सकिँदैन,’ उनले भने।
Shares

प्रतिक्रिया