राजनीति


तोकिएकै मितिमा निर्वाचन पार्टीको तत्कालीक कार्यनीतिः नारायणकाजी श्रेष्ठ

तोकिएकै मितिमा निर्वाचन पार्टीको तत्कालीक कार्यनीतिः नारायणकाजी श्रेष्ठ

नेपालखबर
कात्तिक १९, २०८२ बुधबार १७:१, काठमाडौँ

नवगठित नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु पार्टीको तत्कालीक कार्यनीति भएको बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित पार्टीको एकता राष्ट्रिय सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन्।

नेता श्रेष्ठले मुलुकलाई थप संकटमा जान नदिन पनि घोषित मितिमै निर्वाचन सम्पन्न गर्नुको विकल्प नरहेकाले पार्टी त्यसलाई तत्कालीक मूल कार्यनीति बनाएको समेत स्पष्ट पारे।

उनले निर्वाचन सम्पन्न गर्ने सर्तमा वर्तमान सरकारलाई सफल बनाउनु पनि आफूहरुको उद्देश्य हुनुपर्ने बताए। उनले निर्वाचनमा सहभागी हुन पनि सबै राजनीतिक दलहरुलाई आग्ह गरे। 

नेता श्रेष्ठले भने, ‘कतिपय राजनीतिक पार्टीहरु अहिले पनि अलमलमा छन्। उहाँहरुलाई हामी अपिल गर्न चाहन्छौँ घोषित मितिमा निर्वाचन सम्पन्न गर्नैपर्छ। त्यस उद्देश्यका निम्ति यो सरकारलाई सफल पार्नु आजको आवश्यक्ता हो । त्यसका निम्ति सरकारले उपयुक्त वातावरण निर्माण गर्नुपर्दछ। निर्वाचन आयोगले पनि त्यो ढंगले तयारी गर्नुपर्दछ।’

नेता श्रेष्ठले निर्वाचनको वातावरण बनाउने काममा दृढतापूर्वक लाग्न पनि सरकारलाई सचेत गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad