नवगठित नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरूले गठन गरेको नयाँ पार्टी निकट भविष्यमा देशको सबैभन्दा ठूलो राजनीतिक शक्ति बन्ने दाबी गरेका छन्।
बुधबार काठमाडौँमा आयोजित पार्टी एकता घोषणा कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले दृढ स्वरमा भने, ‘अब नेपालमा यो पार्टी देशको नम्बर एक पार्टी बन्न कसैले रोक्न सक्दैन। यो एक नम्बर पार्टी त भयो भयो अब।’
उनले राजनीतिक प्रतिस्पर्धामा केही शक्तिहरू असहज महसुस गर्न सक्ने उल्लेख गर्दै थपे, ‘कसैको टाउँको दुखेको हुन सक्छ, राति निद्रा नलाग्ने पनि होला। नलागे पनि नलागोस् तिनीहरूलाई।’
294
Shares

प्रतिक्रिया