राजनीति


विप्लव, जनार्दन र घनश्यामबीच नयाँ कम्युनिस्ट केन्द्र बनाउने समझदारी, बेलुका वक्तव्य आउने

विप्लव, जनार्दन र घनश्यामबीच नयाँ कम्युनिस्ट केन्द्र बनाउने समझदारी, बेलुका वक्तव्य आउने

नेपालखबर
कात्तिक २१, २०८२ शुक्रबार १३:३२, काठमाडौँ

कम्युनिस्ट पार्टी नेपालका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेपाल प्रगतिशील अभियानका नेता जनार्दन शर्मा र एकीकृत समाजवादीका पूर्वमहासचिव घनश्याम भूसालबीच नयाँ कम्युनिस्ट केन्द्र बनाउने समझदारी भएको छ।

शुक्रबार बिहान ललितपुरको हरिसिद्धीस्थित विप्लव निवासमा तीन नेताबीच छलफल भएको थियो। कम्युनिस्ट पार्टीका नेपालका प्रवक्ता खड्गबहादुर विश्वकर्माका अनुसार नयाँ कम्युनिस्ट केन्द्र बनाउन मिलेर जाने सैद्धान्तिक समझदारी ३ नेताबीच भएको छ।

‘तपाईंहरूले सोचेको कसरी हो भन्ने विषयमा आज अलि छलफल भएको हो,’ उनले नेपालखबरसँग भने, ‘देश र जनतालाई केन्द्रविन्दुुमा राखेर सोचेको हो भने ठिकै छ, सहकार्य गरौँ। नयाँ कम्युनिस्ट केन्द्रको जरुरी छ, त्यसका लागि पनि सहकार्य गरेर जान सकिन्छ भन्ने भएको छ।’

देश र जनताको मुद्दामा सहकार्य गरेर जाने कुरा भएको भन्दै त्यसबारे प्रस्ट पार्न आजै साँझतिर संयुक्त वक्तव्य निकाल्ने तयारी भइरहेको समेत विश्वकर्माले जानकारी दिए। ‘देश र जनताको मुद्दामा सहकार्य गरेर जाऊ न त भन्ने कुरा भएको छ,’ उनले भने, ‘छलफल सकरात्मक छ। बेलुकातिर एउटा वक्तव्य दिने पनि हामी सोच्दै छौँ। हामी सल्लाह गर्दैै छौँ।’

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका विभिन्न १० वामपन्थी घटकबीच एकता भएर नेपाली कम्युनिस्ट पार्टी गठन भए पनि शर्मा र भूसालले त्यसमा असहमति जनाउँदै अलग भएका छन्। 

शर्माले प्रगतिशील अभियान नेपाल घोषणा गरेका छन् भने भूसालले मंसिर पहिलो साता भेला गरेर आगामी कदमबारे निर्णय लिने बताएका छन्। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad